चक्रे मिलन सहित ४७ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चक्रे मिलन सहित ४७ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८२, शुक्रबार

    काठमाडौ, १६ साउन । गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको भनाइ छ । ‘बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर पुर्‍याएको र अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको पाइयो,’ अपराध अनुसन्धान कर्यालयका एसएसपी रमेश बस्नेतले भने, ‘होटलमा पनि अरुलाई प्रतिकूल हुने गरी गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिएका हौं ।’