तनहुँका तीन सहित चार जना सुन जस्तो देखिने वस्तु सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका तीन सहित चार जना सुन जस्तो देखिने वस्तु सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८२, शुक्रबार

    दमौली, १६ साउन । इलाका प्रहरी कार्यालय मुग्लिङले ठूलो परिमाणमा सुन जस्तो देखिने वस्तु सहित चार जनालाई पक्राउ गरेको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजार स्थित एक होटलबाट प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं १० बस्ने ३० को रवि विक, तनहुँको व्यास नगरपालिका वडा नं २ बस्ने १९ को विशाल थापा, व्यास नगरपालिका वडा न. ६ बस्ने १८ कि सरिता परियार र वडा नं २ बस्ने ३४ को साहिदा खान रहेको प्रहरीले जनाएको छ ।

    बरामद सामान

    • क्रिस्टल माला थान १ (एक),
    • Lloyds TSB
    • Diesel DZ7311 कम्पनीको घडी १(एक) थान,
    • CHAPS कम्पनीको खोल सहितको घडी १ (एक) थान,
    • बराही सुनचाँदी पसल लेखिएको खोल तथा सो भित्र थैलीमा रहेको ३ दाना मुगा माला,
    • रातो पहेँले बक्स भित्र रहेकोमुँगा,यिउ र सुनजस्तो पहेलो धातुको कण्ठ जडित माला १(एक) थान, रातो रंगको पोतेमा जडित सिनजस्तो पहेलो धातुबाट बनेको ९ वटा गेडी भएको नौगेडी माला १(एक) थान, हरियो पोतेमा जडित सुनजस्तो पहेलो धातुबाट बनेको छड्के तिलहरी १ (एक) थान,
    • पोखरा बराही ज्वेलर्स प्रा.लि. लेखिएको रातो सेतो बक्स भित्र निलो रंगको गुरुङ गहना प्रा.लि र पहेलो रंगको पोखरा सुनचाँदी पसल लेखिएको बट्टा रहेको सो मध्ये पहेलो रंगको बट्टा खालि रहेको र निलो रंगको बट्टामा सुनजस्तो पहेलो धातुबाट बनेको शिरमा लाउने चन्द्रमा, बाला, १/१ थान, सुनजस्तो पहेलो धातुबाट बनेको औँठी २(दुई) थान, सुनजस्तो पहेलो धातुबाट बनेको टप १ (एक) जोडी,
      रातो पहेलो लाम्चो बक्स भित्र रहेको सुनजस्तो धातुबाट बनेको हातको बाला १ (एक) थान, कानमा लागउने टप १ (एक) जोडी, बेरुवा औठी र सादा औठी १/१ थान कालो रंगको पोतेमा सुनजस्तो पहेलो धातु जडित मंगलशुत्र १(एक) थान ।