नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८२, बुधबार

    काठमाडौं, २८ साउन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।

    हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

    निर्वाचन आयोग स्रोतले भन्यो, ‘नागरिक उन्मुक्ति पार्टी अध्यक्षको हेरफेर भएको भनी अभिलेख अद्यावधिक गरिदिन पत्र आएको रहेछ । तर, त्यो प्रक्रियासम्मत नभएकाले पुरानै अवस्थाले निरन्तरता दिने अवस्था रह्यो ।’

    नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।