धेरै संरचना बनाउनु भन्दा विभेद हटाउने शसक्त संरचना बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धेरै संरचना बनाउनु भन्दा विभेद हटाउने शसक्त संरचना बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८२, बुधबार

    काठमाडौं, २८ साउन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दलित सम्बन्धि धेरै संरचना बनाउनु भन्दा सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताएकी छन् ।

    मन्त्रालयमा बुधबार आयोजित दलित समुदायको हक अधिकार सम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरुको अध्ययन सम्बन्धी प्रस्तुती तथा छलफल कार्यक्रममा मन्त्री न्यौपानेले धेरै संरचना हुँदा काममा समन्वय भन्दा भन्दा झन त्यसले अन्यौल उत्पन्न गर्ने हुँदा अव बन्ने कानुनमा सशक्त र शक्तिशाली संरचना बनाउनुपर्ने बताइन् ।

    देशमा व्याप्त सबैखाले विभेद र असमानता हटाएर यो गणतान्त्रिक व्यवस्थालाई अझ मजबुद् बनाउनुपर्ने मन्त्री न्यौपानेको भनाई थियो । दलित सम्बन्धी कानुन आवश्यक भएको र यसलाई जतिसक्दो चाँडो बनाउनुपर्ने भन्दै मन्त्री न्यौपानेले भनिन् ‘दलित अधिकारको सम्बन्धमा संविधानमा भएका व्यवस्था र प्रचलित कानुनको आधारमा ऐन बनाउँछौं ।’ बन्न बाँकी रहेका ऐन र कानुनलाई जतिसक्दो चाँडो बनाउनुपनुपर्नेमा मन्त्री न्यौपानेको जोड थियो । 

    उक्त कार्यक्रममा दलित अधिकारकर्मी सुशील विकेले दलित समुदायको अधिकार सम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरुको अध्ययन सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए ।