बार्सिलोनाको विजयी सुरुवात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको विजयी सुरुवात

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८२, आईतवार

    एजेन्सी, १ भदौ । बार्सिलोनाले ला लिगा उपाधि रक्षामा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु टिम मल्लोर्कालाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    बार्सिलोनाको लागि खेलको ७ औँ मिनेटमा राफिन्हाले पहिलो गोल गरे भने २३औँ मिनेटमा फेरान टोरेसले अग्रता दोब्बर बनाए। ३३औँ मिनेटमा मोर्लानेस दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि मल्लोर्का १० खेलाडीमा झर्यो ।

    करिब ६० मिनेट नौ खेलाडीमा सीमित मल्लोर्काले दबाब झेले पनि अतिरिक्त समयको अन्तिम मिनेटमा लामिन यामालले तेस्रो गोल गर्दै बार्सिलोनाको सहज जित सुनिश्चित गरे।