


दमाैली, ९ भदाै । तनहुँ शुक्लागण्डकी नगरपालिका-६ झराैटामा माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भोटेपानीबाट दुलेगौडातर्फ आउँदै गरेको ग१४प १८६९ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
घाइते हुनेमा मोटरसाइकल चालक जिल्ला तनहुँ भिमाद न.पा.८ बस्ने वर्ष २९ को बल बहादुर आले र पछाडि सवार जिल्ला गुल्मी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ दुलेगौडा रिमाल हार्डवयरमा काम गर्ने वर्ष २६ को बविन खासु मगर रहेका छन् । घाइतेलाई जिपी काेइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पाठाइएको छ ।