जामुनेमा न्यु भिजनको तीज गीत प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जामुनेमा न्यु भिजनको तीज गीत प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०८२, मंगलवार

    दमौली, १० भदौ । म्याग्दे गाउँपालिका-२ जामुनेस्थित न्यु भिजन युथ क्लवको आयोजनामा मंगलबारदेखि जामुने बजारमा खुल्ला तीज गीत प्रतियोगिता सुरु भएको छ । न्यु भिजन साउदी परिवारको सह–आयोजना तथा म्याग्दे गाउँपालिका कार्यालय, वडा नम्बर २ कार्यालयको विशेष सहयोगमा आयोजित उक्त प्रतियोगिताको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उदघाटन गरेका छन् ।

    सो अवसरमा श्रेष्ठले क्लवले विकृति विसंगति न्यूनीकरणका लागि समाजमा गर्दै आएको कामको प्रशंसा गरे ।

    क्लवका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

    क्लवले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १३ औं सस्करणको रहेको क्वलका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

    बुधबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने टिमलाई क्रमशः २५ हजार ५२५, १५ हजार ५२५ र ९ हजार ९९९ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

    त्यस्तै नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ८ हजार ८८८, ६ हजार ६६६ र ४ हजार ४४४ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । उक्त प्रतियोगितामा गायिका सुष्मा मल्ल ठकुरी, गायक विष्णु बराल, गायीका नविना सुवेदी र गायीका सुभद्रा श्रेष्ठको विशेष प्रस्तुती हुने क्लवले जनाएको छ ।