


दमाैली, १० भदाै । लायन्स क्लव अफ तनहुँ म्याग्देले हरितालिका तीजको अवसरमा मङ्गलबार आयोजना गरेको खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिताको उपाधि घुम्ती आठबिसे आमा समूहले जितेको छ ।
प्रतियोगितामा नौ समूहको सहभागिता रहेकामा १२२ अङ्क सहित घुम्ती आठबिसे प्रथम भएको हो ।
भिमसेन टोल आमा समूह १११ अङ्क सहित द्वितीय, मिन मावि १०३ अङ्क सहित तृतीय र सङ्गम आमा समूह १०२ अङ्क सहित सान्त्वना भएको छ ।
नृत्यतर्फ तनहुँ नाचघर प्रथम, दिपिका परियार द्वितीय, सविना थापा तृतीय र कुसुम श्रीमल सान्त्वना भएका थिए ।
गीततर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १२ हजार, रु आठ हजार, रु पाँच हजार र रु दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ । नाचतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु सात हजार पाँच सय, रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिएको छ ।
क्लवका अध्यक्ष सन्जिव घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
प्रतियोगितामा चित्रबहादुर शाहीको संयोजकत्वमा सुशीला शर्मा र अन्जना तिमिल्सिना सदस्य रहेको निर्णायक समिति रहेको थियो ।