मन्त्री न्यौपानेको सकारात्मक कदम : देशभरका गाउँपालिका र नगरपालिकालाई निमित्तविहिन बनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री न्यौपानेको सकारात्मक कदम : देशभरका गाउँपालिका र नगरपालिकालाई निमित्तविहिन बनाइयो

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    काठमाडौ, १२ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई निमित्तविहिन बनाएको छ । दुई सय स्थानीय तह निमित्तको भरमा चलेकाले सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ ।

    मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण पश्चात् स्थानीय तहमा निमित्तको प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

    मन्त्री न्यौपानेको भनाई यस्तो छ –

    सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ । यो काममा म निरन्तर लागिरहेकी छु । यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो । मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए ।

    आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहिन बनाइएको जानकारी गर्दछु । कर्मचारी मित्रहरुलाई आजबाट गाउँपालिका र नगरपालिकाहरुका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउने कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन्छु ।

    वास्तवमा पालिकाका प्रमुख तथा जनप्रधिनिधिहरुले नै हामीलाई निमित्त होइन, पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत दिनुपर्यो भनेर माग गर्नुपर्ने हो । कैयन प्रमुखहरुले माग गर्नुभएको पनि छ । अभियानमा खट्नुहुने मन्त्रालयका सचीव सहित सम्पूर्ण टीम, र सचिवालयका सबि साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

    जिम्मेवारीमा खटिनुभएका कर्मचारी मित्रहरुलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न आग्रह गर्दछु । त्यसैगरी पालिका प्रमुख तथा जनप्रतिनिधि मित्रहरुलाई पनि जिम्मेवारी लिएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न, उहाँहरुको क्षमताको भरमग्दुर उपयोग गर्न आग्रह गर्दछु ।

    अब अर्काे चरणमा उपमहानगर तथा महानगरपालिकाहरुलाई निमित्त विहिन बनाइने जानकारी गराउँछु ।

    आम जनताको हितमा राखेर यो निर्णय गरिएको छ । यस्तो काममा सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु ।