आँबुखैरेनीबाट लागुऔषध सहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट लागुऔषध सहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८२, शुक्रबार

    दमाैली, १३ भदाै । आँबुखैरेनी गाउँपालिका-४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङकाे जैमुनी नगरपालिका-१ बस्ने २२ वर्षीय मिन बहादुर शाही रहेकाे प्रहरीले जनाएकाे छ ।

    मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा चितवनबाट पोखरा तर्फ आउँदै गरेको ग२ख १९२० नं.को यात्रुवाहक बसमा सवार शाहीलाई पक्राउ गरिएकाे हाे ।

    प्रहरीले निजकाे साथबाट ट्रामाडोल-९० क्याप्सुल लागुऔषध बरामद गरेकाे छ ।