


काठमाडौं, १३ भदौ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि आह्वान गरिसकेको उनले प्रष्ट्याए ।
उनले भने, ‘सरकारले निर्णय गरिसकेको छ । एक हप्ताभित्र दर्ता हुन आएन भने स्वतः बन्छ हुन्छ । सरकारको निर्णय त्यही छ ।’
सरकारले निर्णय गर्छ तर कार्यान्वयन गर्दैन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘कसले भन्यो ? सरकारले आफूले गरेको निर्णय कार्यान्वयन गर्छ नि !’
भनेपछि सरकारको निर्णय सबै कार्यान्वयन हुन्छ ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘किन नहुने ? यो अन्तिम मौका दिइएको हो । नत्र बन्द हुन्छ ।’
सरकारले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन आउनको सात दिनको समय दिएर सूचना निकालेको छ । तर, पटक-पटक आग्रह गर्दा पनि नेपालमा दर्ता हुन अस्वीकार गरिरहेका छन् ।