शिक्षा विधेयकमा निजी विद्यालयका सवाल समेट्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षा विधेयकमा निजी विद्यालयका सवाल समेट्न माग

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    दमाैली, १८ भदाै । एनप्याब्सन तनहुँले शिक्षा विधेयकमा निजी विद्यालयका सवालहरु समेट्न माग गरेकाे छ । एनप्याब्सन तनहुँले बुधबार जारी गरेकाे प्रेस विज्ञप्तीमा शिक्षा विधेयकमा निजी विद्यालयका विभिन्न मागहरु समेट्न माग गरिएकाे जनाएकाे छ ।

    संसदीय प्रकृयाको क्रममा प्रस्तुत विधेयकमा विभिन्न समयमा भएका छलफलमा निजी लगानीमा सञ्चालनमा रहेका विद्यालयहरूका सन्दर्भमा उठेका प्रश्नहरूमा विविध विषयहरू समावेश गरियोस् भन्ने माग सहित राष्ट्रपति, शिक्षा मन्त्री, संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि उप समिति तथा उपसमितिका संयोजक, श्रम तथा रोजगार मन्त्री, गृह मन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइएकाे उल्लेख गरिएकाे छ ।

    एनप्याब्सन तनहुँले बुधबार नै प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र समेत बुझाएकाे छ ।