


दमाैली, १९ भदाै । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका उम्मेदवार कमलामोहन वाग्लेले क्याम्पसको वास्तविक मर्म आफूलाई थाहा भएको बताएका छन् । क्याम्पसको निर्वाचन तालिका अनुसार बिहीबार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग वाग्लेले क्याम्पसलाई मानक विश्वविद्यालय बनाउने अभियानका लागि नेतृत्व गर्न सक्ने हिम्मतका साथ उम्मेदवारी दिएको उल्लेख गरे ।
क्याम्पसको स्थापनाकालदेखि नै क्याम्पसमा संलग्न रहँदै आएको बताउँदै वाग्लेले भने, “क्याम्पस स्थापनाका लागि पनि मैलो भूमिका खेल्दै आएको हो । २८ वर्ष क्याम्पसमा प्राध्यापन गरेँ । प्राध्यापक सङ्घको विभिन्न पदमा रहेर प्राध्यापकको हकहितका लागि काम गरे । क्याम्पस सञ्चालक समितिमा बसेर पनि काम गरेको अनुभव छ ।”
वरिष्ठ अधिवक्ता समेत रहेका वाग्लेले सर्वसम्मत बनाएर जान अन्य प्रतिस्पर्धीलाई आग्रह गरेको बताए ।
क्याम्पस सञ्चालक समितिकाे नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ ।