


दमाैली, १९ भदाै । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । क्याम्पस सञ्चालक समितिको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता रहेकामा चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदका लागि कमलामोहन वाग्ले, राजु दाहाल, चुडामणि दाहाल र केशबहादुर सुनारको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक सरिता थापा भण्डारीले जानकारी दिइन् ।
क्याम्पस सञ्चालक समितिको खुल्ला सदस्य १२ जनामध्ये २१ जनाको उम्मेदवारी दर्ता भएको छ । खुल्ला समिति सदस्यमा सङ्गीत घिमिरे, शिवहरि धिताल, सुरेन्द्र पौडेल, भाग्यशाली ढुङ्गाना, रामकृष्ण विक, दुर्गाभक्त अधिकारी, विवेक भट्टराई, पद्मराज सुवेदी, सोमराज सिग्देल, डा. इश्वरचन्द्र वाग्ले, विष्णुबहादुर बस्नेत, भरतप्रसाद पन्त, सुनिल मिश्र, रामजीप्रसाद तिमिल्सिना, गजेन्द्रराज पन्थ, गोपाल सुर्खाली, सहवीर उच्चै ठकुरी, मोहन गिरी, निर्मल पण्डित, इश्वरबहादुर विष्ट, श्रीराम कार्कीको उम्मेदवारी परेको छ ।
महिला सदस्य तीन जनामा सिर्जना तिवारी, शोभा बडु अधिकारी र वीणा कैनीको उम्मेदवारी दर्ता भएको छ । दलित सदस्य एक जनामा मिनबहादुर चदारो र अर्जुन सुनारको उम्मेदवारी दर्ता भएको छ ।
जग्गादाता (अल्पसङ्ख्यक) एक जनामा ठाकुरबहादुर दरैको उम्मेदवारी दर्ता भएको छ । जनजाति सदस्य दुई जनामा क्या. सोमबहादुर थापा र चिजबहादुर दरैको उम्मेदवारी दर्ता भएको छ । अभिभावक समिति दुई जनामा कृष्णबहादुर रुचाल र रामराज अधिकारीको उम्मेदवारी दर्ता भएको छ । पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरुमा बुद्धिसागर साखी, महेन्द्र गिरी र अम्बिका अधिकारीको उम्मेदवारी दर्ता भएको छ । आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुङ्गाना र सदस्यमा प्रेमबहादुर राउत र सरु कुमालको उम्मेदवारी दर्ता भएको छ ।

