


दमौली, १९ भदौ । म्याग्दे गाउँपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाका अध्यक्षहरुलाई अनुशिक्षण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने आयोजनाको उपभोक्ता समितिका पदाधिकारी एवं टोल विकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण सुरु गरेको हो ।
कार्यक्रम म्याग्दे गाउँपालिका-१ बाट सुरु भएको छ । बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अनुशिक्षणको उदघाटन गरेका छन् ।
वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, योजना शाखा प्रमुख श्रीराम खनाल, लेखा प्रमुख शिवजी थापा, इन्जिनियर रोमन पण्डित, प्राविधिक शम्भु पौडेलले सहजीकरण गरेका थिए ।