आदिकवि भानुभक्त क्याम्पस निर्वाचन : ६७७ मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि भानुभक्त क्याम्पस निर्वाचन : ६७७ मत खस्यो

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८२, शुक्रबार

    दमौली, २० भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा ६ सय ७७ मत खसेको छ। शुक्रबार भएको मतदानमा ७ सय ८७ मतमध्ये ६ सय ७७ मत खसेको हो ।

    बिहान १०:३० बजेदेखि सॉझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो ।

    क्याम्पस सञ्चालक समितिको अध्यक्षमा कमलामोहन वाग्ले, केशबहादुर सुनार र चुडामणि दाहाल प्रतिस्पर्धामा छन् ।