थर्पु बजारबाट २५ किलो गॉजा सहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थर्पु बजारबाट २५ किलो गॉजा सहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८२, शुक्रबार

    दमौली, २० भदौ । म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट २५ किलो गॉजा सहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय अक्कल बहादुर तामाङ र रोराङ गाउँपालिका-१ बस्ने ४५ वर्षीय दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    शुक्रबार सॉझ प्रहरी चौकी थर्पुबाट खटिएको ट्राफिक सहितको संयुक्त प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट पोखरा तर्फ जाँदै गरेको बा ९२ प ५४२८ नम्बरको मोटरसाइकल जॉच गर्ने क्रममा ४ वटा प्याकेटमा २५ केजी दुई सय ९० ग्राम गॉजा बरामद गरेको प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।