आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केशबहादुर निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केशबहादुर निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८२, शनिबार

    दमाैली, २० भदाै । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केशबहादुर सुनार निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणना अनुसार तीन सय ७३ मत प्राप्त गरी सुनार अध्यक्षमा निर्वाचित भएका हुन् ।

    अध्यक्षका प्रतिस्पर्धी कमलामोहन वाग्लेले दुई सय ३३ मत र चुडामणि दाहालले ६० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सरिता थापा भण्डारीले जानकारी दिइन् ।

    अध्यक्षमा निर्वाचित सुनारलाई नेपाली काङ्ग्रेस र नेकपा एमालेको समर्थन थियो । काङ्ग्रेस पृष्ठभूमिकै वाग्लेलाई काङ्ग्रेसका केही नेताहरुले समर्थन गरेको बताइन्छ । त्यस्तै दाहाल भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का व्यास नगर सभापति हुन् ।

    यस्तै सञ्चालक समिति सदस्यहरुमा विवेक भट्टराई ५०२, मोहन गिरी ५००, डा. इश्वरचन्द्र वाग्ले ४९२, सुनिल मिश्र ४९०, रामकृष्ण विक ४६९, संगित घिमिरे ४६१, सोमराज सिग्देल ४३५, भरत पन्थ ४१९, श्रीराम कार्की ४१७, निर्मल पण्डित ३४१, इश्वरबहादुर विष्ट ३३४ र भाग्यशाली ढुंगाना ३१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।