


दमौली, २१ भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति सदस्यमा नेकपा एमालेका तीन जना निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणना अनुसार खुल्ला १२ सदस्यमध्ये तीन जना एमालेबाट निर्वाचित भएका हुन् । एमालेका तर्फबाट श्रीराम कार्की ४१७, निर्मल पण्डित ३४१ र इश्वरबहादुर विष्ट ३३४ मत सहित निर्वाचित भएका हुन् ।
अध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट केशबहादुर सुनार निर्वाचित भएका छन् ।