


काठमाडौ, २३ भदौ । काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ।
जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए।
‘हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,’ उनले भने।
यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए।