ऑबुखैरेनीबाट लागुऔषध सहित लमजुङका सुनिल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट लागुऔषध सहित लमजुङका सुनिल पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८२, सोमबार

    दमौली, २३ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको बेशीसहर नगरपालिका-७ बस्ने २६ वर्षीय सुनिल गुरुङ रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।

    प्रहरीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा गुरुङले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल तीन सय क्याप्सुल बरामद गरेको जनाएको छ ।