भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८२, सोमबार

    भरतपुर, २३ भदौ। जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

    केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।

    प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।