जेनजी प्रदर्शन : छानबिन समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेनजी प्रदर्शन : छानबिन समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८२, सोमबार

    काठमाडौं, २३ भदौ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।