बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडाै, २४ भदाै । आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्।

    समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्।

    जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका दिवाकार भट्टले लेखेका छन्, ‘डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौं।’

    उनले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताएका छन्।