शुक्लागण्डकीका मेयर पण्डितद्वारा राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका मेयर पण्डितद्वारा राजिनामा

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले राजिनामा दिएका छन् । पण्डितले मंगलबार दिउँसो राजिनामाको घोषणा गरेका हुन् ।

    पण्डितले भरी जेनजेडले आफ्ना मागहरु राखेको आन्दोलन गर्दै गर्दा पनि नेपाल सरकारले सम्बोधन गर्न नसक्दा सरकारी निकाय यस शुक्लागण्डकी नगरपालिकामा पनि क्षति पुगेको बताउँदै थपे, ‘यो विषम परिस्थितिमा जेनजेडले गरेको आन्दोललाई मध्यनजर गर्दै र यो समयमा युवाहरुको मतको उच्च कदर गर्दै पदबाट राजिनामा दिएको घोषणा गर्दछु । साथै आन्दोलनरत साथीहरुलाई पनि संयमित हुन र शान्तिपुर्ण तरिकाले आन्दोलन गर्न विनम्र अनुरोध गर्दछु ।’