१० बजेबाट नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १० बजेबाट नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ हुने

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडौँ, २४ भदौ । पछिल्ला घटनाक्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडका गतिविधि बढ्दै गएपछि नेपाली सेनाले यस्ता कार्य नगर्न आग्रह गरेको छ।

    जेन जेड आन्दोलनको बहानामा केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र हिंसा फैलाएको भन्दै सेनाले यस्ता गतिविधि नगर्न र नगराउन पुनः आग्रह गरेको छ।

    नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधि रोक्न आज राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकाय सक्रिय रूपमा तैनाथ हुने उल्लेख गरिएको छ। शान्ति-सुरक्षा कायम गर्न विशेष जिम्मेवारीसहित परिचालन गरिने सेनाले स्पष्ट पारेको छ।

    विज्ञप्तिमा सुरक्षालाई सहयोग गर्न नागरिकलाई अपील गरिएको छ। साथै, परिस्थितिको पुनर्मूल्याङ्कन गर्दै आवश्यक परे थप सूचना सार्वजनिक गरिने समेत सेनाले जनाएको छ।