पूर्वप्रधानन्यायाधीश कार्की र सेनाप्रमुख सिग्देल भेट्दै, त्यसपछि राष्ट्रपतिसँग छलफल हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वप्रधानन्यायाधीश कार्की र सेनाप्रमुख सिग्देल भेट्दै, त्यसपछि राष्ट्रपतिसँग छलफल हुने

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८२, बिहीबार

    काठमाडौँ, २६ भदाै । जेनजीका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका लागि प्रस्ताव गरेपछि बिहीबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग उनले भेट गर्ने भएकी छन्।

    कार्की र सिग्देलको भेटपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीका प्रतिनिधिहरूको उपस्थितिमा वार्ता हुने स्रोतले जानकारी दिएको छ।

    जेनजी प्रतिनिधिहरूको उपस्थितिमा कार्की र सिग्देलबीच केहीबेरमा भेट हुने एक जेनजी प्रतिनिधिले जानकारी दिए। काठमाडौँ महानगर प्रमुख बालेन शाहले पनि कार्कीलाई समर्थन गरिसकेका छन्।

    सेना प्रमुखले संक्रमणकालीन अवस्थाको निकास चाँडो निकाल्न बिहीबार चाँडै वार्ता गर्ने तयारी गरेको बुझिएको छ।

    जेनजीका अधिकांश प्रतिनिधिहरूले बुधबार मतदानद्वारा पूर्वप्रधान न्यायाधीश कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा छानेका थिए।