सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममा ताेडफाेडप्रति पत्रकार महासंघ तनहुँद्वारा खेद व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममा ताेडफाेडप्रति पत्रकार महासंघ तनहुँद्वारा खेद व्यक्त

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८२, शुक्रबार

    दमाैली, २७ भदाै । नेपाल पत्रकार महासंघ तनहुँले जेनजी पुस्ताकाे आन्दाेलनका क्रममा जिल्लाका सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममाथि भएकाे ताेडफाेडप्रति खेद व्यक्त गरेकाे छ । शाखाले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा जिल्लास्थित सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति शाखा निन्दा र भत्र्सना गरेका हाे ।

    आन्दोलनका क्रममा घुसपैठ गरी सञ्चारसंस्था र सञ्चारकर्मीमाथि भएको धम्की र तोडफोडको घटनामा संलग्नलाई पहिचान गरी कानुनी कारवाहीका लागि प्रशासनसमक्ष माग गर्दै शाखाले राज्य र आन्दोलनमा संलग्न जो कसैलाई प्रेसमाथि निशाना नबनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन हार्दिक अपिल गरेकाे छ ।

    भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका माग राखेर सडकमा उत्रिएका युवा पुस्ताको आन्दोलनका क्रममा दिवङ्ग भएका युवाहरुप्रति शाखाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ । साथै आन्दोलनमा सहभागी धेरै व्यक्ति, पत्रकार र सुरक्षाकर्मी घाइते हुनुभएकामा शाखा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएकाे छ ।

    शाखाले नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीमाथि गाली गलौज र हातपातको प्रयास, रेडियो ढोरबराहीको ग १३ प ५०७४ को स्कुटर, पत्रकार अशोक विकको ग १५ प ७४९७ को मोटरसाइकल, पत्रकार सुमन श्रेष्ठको ग १५ प ४५४ तोडफोड र रेडियो ढोरबराही, मादीसेती एफएम र भञ्ज्याङ दैनिक पत्रिकाको कार्यालयमा तोडफोड भएकाे जनाएकाे छ ।