प्राथमिकताका आधारमा काम सुरु गर्न र सहज सेवा प्रदान गर्न सक्रिय बनाइएको छ : मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्राथमिकताका आधारमा काम सुरु गर्न र सहज सेवा प्रदान गर्न सक्रिय बनाइएको छ : मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    पोखरा, ३१ भदौ । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यूले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका बिभिन्न कार्यालयको निरीक्षण गर्दै पुन निर्माणमा जुट्न र सकेको सहयोग गर्न आम नागरिकलाई अपिल गरेका छन्।

    नागरिकको सेवालाई ध्यान दिँदै प्राथमिकताका आधारमा काम सुरु गर्न र सहज सेवा प्रदान गर्न तर्फ प्रदेश मातहतका कार्यालयलाई सक्रिय बनाईसकिएको उनले बताए । आन्दोलन भड्काएर ध्वंश गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै युवाहरुको जायज मुद्धा र मागका सन्र्दभमा सबै तहका सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

    प्रदेश मातहतका भौतिक संरचना पुन निर्माणको विषयमा संघ सरकारले लिने नीति र प्रदेशलाई दिने बजेट अनुसार थप योजना बनाएर अघि बढ्ने उनले बताए ।

    मुख्यमन्त्री पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्यमन्त्री निवास लगायत ठाउँको अवलोकन गरेका हुन् ।