


चितवन, १ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक बिहान साढे ८ बजेदेखि सञ्चालनमा आएको हो ।
सडकमा खसेको पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।