धादिङमा बस र टिप्पर ठोक्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङमा बस र टिप्पर ठोक्कियो

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८२, बुधबार

    काठमाडौं, १ असोज । धादिङको थाक्रे गाउँपालिका-२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् ।

    भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१– ००६ ख ४२६० नम्बरको टिपर बुधबार बिहान ठोक्किएका हुन् ।

    दुर्घटनामा व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । विष्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।