नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि स्थगित

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८२, बिहीबार

    काठमाडौ, २ असोज । नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको छ।

    सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन, नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।

    ११ बजेर २२ मिनेटको खुलेको बजारमा नेप्सेले गिरावटलाई निरन्तरता दिएपछि ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।