


दमौली, ३ असोज । संविधान दिवसको अवसरमा आज तनहुँको सदरमुकाम दमौलीमा दीप प्रज्जवलन गरिएको छ । रोटर्याक्ट क्लव दमौलीले व्यास नगरपालिका-४ अनसन चौतारीमा दीप प्रज्वलन गरेको हो ।
संविधान निर्माण भएको ११ औ वर्षको खुसीयालीमा दीप प्रज्वलन गरिएको क्लवका अध्यक्ष गोविन्द तिमिल्सिनाले जानकारी दिए।
दीप प्रज्वलनमा व्यास नगरपालिका-३ का वडाध्यक्ष अनुप रानाले संविधान उत्कृष्ट रहेको बताए । ठूलो त्याग र सङ्घर्षबाट संविधान निर्माण भएकाले संविधानको रक्षा गर्नुपर्ने सबैको दायित्व रहेको उनको भनाइ थियो ।
सो अवसरमा जेनजी आन्दोलन र विभिन्न आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा मौन धारण गरिएको थियो ।