जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा दीप प्रज्ज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा दीप प्रज्ज्वलन

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८२, शनिबार

    दमाैली, ४ असाेज । ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झनामा तनहुँको सदरमुकाम दमौलीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । नेपाली काङ्ग्रेस तनहुँका सम्पूर्ण भातृ संस्थाको आयोजनामा व्यास नगरपालिका–३ प्रशासन चोकमा दीप प्रज्ज्वलन गरिएको हो ।

    दीप प्रज्ज्वलनमा नेपाली काङ्ग्रेस तनहुँका निवर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आन्दोलनमा ज्यान गुमाएकाहरुको बलिदानी खेर जान नहुने बताए । न्यौपानेले लोकतन्त्र रक्षा र संविधानको संरक्षण गर्दै अगाडी बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

    नेपाल विद्यार्थी सङ्घ तनहुँका सभापति आशिष कैनीले भ्रष्टाचारमुक्त नेपाल, सुशासन कायम गर्ने ‘जेनजी’ आन्दोलनको मुख्य लक्ष्य रहेकाले त्यो अभिभारा पूरा गर्नुपर्ने बताए । सहिदको बलिदानी खेर जान दिन नहुने बताउँदै कैनीले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

    दीप प्रज्ज्वलनमा नेपाली काङ्ग्रेस तनहुँका पदाधिकारी, विभिन्न भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।