थप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८२, आईतवार

    काठमाडाै, ५ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। उनी स्वास्थ्य अतिरिक्त सचिव हुन्। उनले उक्त पदबाट राजीनामा समेत दिएकी छन्।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिइएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।

    सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ। उनी इमेजखबर डटकमका पत्रकारसमेत हुन्।

    त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ भने उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्।