शुक्लागण्डकी एफएम नवौं वर्षमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी एफएम नवौं वर्षमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८२, सोमबार

    दमौली, ६ असोज । तनहुँ मिडिया नेटवर्कद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम.९७.६ मेघाहर्ज नवौं वर्षमा प्रवेश गरेको छ । विसं २०७३ घटस्थापनाको दिनमा रेडियोको स्थापना भएको थियो ।

    स्थापना दिवससँगै रेडियोले सोमवार विजयादशमी, दिपावली, छट पर्व २०८२ र नेपाल संवत ११४६ को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । रेडियोका अध्यक्ष शिव पौडेलले सम्पूर्ण स्रोता, विज्ञापनदाता, शेयरसदस्य कर्मचारी सबैलाई धन्यवाद दिदै अगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

    रेडियोका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रा पूरा गर्न लागेकामा खुसी व्यक्त गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा उपाध्यक्ष आनन्द सुन्दर श्रेष्ठ, सचिव टिकाराम श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र पौडेल, लेखा समिति सदस्य कमलचन्द्र लम्साल, सञ्चालक समिति सदस्य विर्सना श्रेष्ठ, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले रेडियोले स्रोता केन्द्रित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

    रेडियोले तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पत्रकारिता, साहित्य र समाजसेवातर्फ पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।

    गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।