यामालले जिते कोपा ट्रफी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यामालले जिते कोपा ट्रफी

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८२, मंगलवार

    काठमाडौँ, ७ असोज । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लामिन यमालले वर्ष २०२५ को कोपा ट्रफी अवार्ड जितेका छन् ।

    सोमबार भएको बालोन डी’ओर समारोहमा उनलाई वर्ष २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीको रुपमा अवार्ड प्रदान गरिएको हो । कोपा ट्रफी २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई दिने गरिन्छ ।

    यामालले गत वर्षको बालोन डी’ओरमा पनि कोपा ट्रफी जितेका थिए । उनले स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । गत सिजन उनले सबै प्रतियोगितामा ५५ खेल खेल्दै १८ गोल गरेका गरेका थिए।