तुइन खोलाको पहिरो पन्छाउन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तुइन खोलाको पहिरो पन्छाउन सुरु

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८२, बुधबार

    चितवन, ८ असोज । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जानकारी दिएको छ । अहिले मुग्लिन र नारायाणघाट तर्फबाट २-२ वटा मेशिनले पहिरो पन्छाउने काम गरिरहेका छन् ।

    मंगलबार दिउसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ ।

    डिभिजन कार्यालयले सडक सुचारु नहुन्जेल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।