बिहीबार बिहान दमाैली, थर्पु सहित विभिन्न स्थानमा चार घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहीबार बिहान दमाैली, थर्पु सहित विभिन्न स्थानमा चार घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८२, बुधबार

    दमाैली, ८ असाेज । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले भाेलि बिहीबार बिहान चार घण्टा विद्युत अवरुद्ध हुने जनाएकाे छ । पाेखरा ग्रिड महाशाखाबाट दमाैली सवस्टेशनकाे स्विच यार्डमा जम्पर, बसबार, आइसाेलेटर, रिले, ब्रेकरहरुकाे मर्मत गरिने भएकाले पाँच वटा फिडर बन्द रहने जनाइएकाे छ ।

    बिहान ७ बजेदेखि ११ बजेसम्म दमाैली थर्पु, साेतिपसल, छाब्दी, तनहुसुँर, र तनहु हाईड्राे ३३ के भि फिडरहरू बन्द गरिने र उक्त फिडरवाट विधुत आपुर्ति हुने स्थानमा आवश्यकता अनुसार विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएकाे छ ।