श्रमिक सहकारीको अध्यक्षमा सोम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रमिक सहकारीको अध्यक्षमा सोम

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८२, बुधबार

    दमौली, ८ असोज । व्यास नगरपालिका-२ स्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सोम आले चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न चौधौ वार्षिक साधारणसभा एवं पॉचौ अधिवेशनबाट आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    सहकारीको उपाध्यक्षमा हिराबहादुर खाती, सचिवमा ख्रष्टीराम थापा, कोषाध्यक्षमा बमबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक त्रिभुवन श्रेष्ठले जानकारी दिए ।

    यसअघि सहकारीका उपाध्यक्ष विकास खनालको अध्यक्षतामा भएको कार्यक्रमको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा श्रेष्ठले गरिखाने मान्छेहरु आबद्ध भएर खोलिएको श्रमिक सहकारीको गरिमा र पहिचान फरक रहेको बताए । उनले सहकारी ठगेर हाइहाइ भएकाहरुको बारेमा भ्रम चिरिसकेको उल्लेख गरे ।

    तनहुँ जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारीले केही सहकारीका कारण समग्र सहकारी क्षेत्रमा असर पर्ने गरेकाे बताउँदै सहकारी मूल्य मान्यता अनुरुप चल्नुपर्ने बताए । अधिकारीले सहकारीका सबै शेयर सदस्य संस्थाप्रति जिम्मेवार बन्न सके सहकारी बलियाे हुने बताए ।

    कार्यक्रममा सहकारीका सचिव ख्रष्टिराम थापाले सचिवकाे, काेषाध्यक्ष हिराबहादुर खातीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयाेजक विष्णुप्रसाद वाग्लेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले तीनवटै प्रतिवेदन पारित गरेकाे छ ।