तुइन खोला पहिरोः ६० प्रतिशत पन्छाइयो, रातिसम्म सञ्चालन गर्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तुइन खोला पहिरोः ६० प्रतिशत पन्छाइयो, रातिसम्म सञ्चालन गर्ने तयारी

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    चितवन, ९ असोज । सडक डिभिजन भरतपुरका अनुसरा हाल सम्म ६० प्रतिशत पहिरो पन्छाइएको र रातिसम्म सञ्चालन गर्ने तयारी रहेको छ ।

    काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ,” सडक डिभिजनले आज (बिहीबार असोज ९) दिउँसो पौने ३ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

    “पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन नसकिएकोले हेभी इक्प्युमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुईजना अपरेटरहरू पनि थप गरिएको छ,” सडक डिभिजनले भनेको छ ।

    “कुनै पनि बाधा आई नपरे निरन्तर रूपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातिसम्ममा पूर्ण रूपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आकलन गरिएको छ,” सडक डिभिजनले भनेको छ ।