मतदाता नामावली दर्ता खुल्याे, कात्तिक ३० गतेसम्म अवधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मतदाता नामावली दर्ता खुल्याे, कात्तिक ३० गतेसम्म अवधि

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    काठमाडाै, ९ असाेज । निर्वाचन आयाेगले मतदाता नामावली सङ्कलन खुल्ला गर्ने निर्णय गरेकाे छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयाेगले दर्ता कार्य खुल्ला गर्ने निर्णय गरेकाे हाे ।

    आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कात्तिक ३० गतेसम्म दर्ता कार्य खुल्ला रहनेछ । मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भइ नेपाली नागरिकताकाे प्रमाणपत्र प्राप्त नेपाली नागरिकहरुले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्नेछन् ।

    May be an image of ticket stub and text