वरिष्ठ अधिवक्ता भण्डारीले दिए दल दर्ताका लागि निवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वरिष्ठ अधिवक्ता भण्डारीले दिए दल दर्ताका लागि निवेदन

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    काठमाडाै, ९ असाेज । वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले बिहीबार ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताका लागि निवेदन दिएका हुन् ।

    ४४ सदस्यीय कार्यसमिति रहेको उक्त दलमा भण्डारी संयोजक, सञ्जय खतिवडा र डा. प्रकाश पौडेल सहसंयोजक, अमिता वस्ती र अमृत खरेल, नुर महम्मद मियाँ सहित विभिन्न व्यक्ति सदस्य रहेका प्रस्ताव गरिएको छ ।

    पार्टीको छाप, झण्डा, निर्वाचन चिन्ह लगायतका अन्य आवश्यक विषयहरू संयोजक भण्डारीले तय गर्ने उल्लेख छ ।