युवा सङ्घको चेतावनी- ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    युवा सङ्घको चेतावनी- ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८२, मंगलवार

    काठमाडाै, १४ असाेज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । 

    मंगलबार युवा संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना पूर्वाग्रहका आधारमा राहदानी रोक्का गरेको अथवा प्रतिशोध भएको खण्डमा सैह्य नहुने चेतावनी समेत दिएका छन् । 

    आइतबार जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो।