राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८२, बिहीबार

    काठमाडौ, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्।

    देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए।

    विगतमा राष्ट्रपतिबाट बडादसैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।