प्रहरी कार्यालयमै टीका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रहरी कार्यालयमै टीका

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८२, बिहीबार

    दमाैली, १६ असाेज । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीहरुले कार्यालयमै दसैंको टीका ग्रहण गरेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीलाई टीका लगाइदिएका हुन् ।

    त्यसक्रममा कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई समेत टीका र जमरा लगाइएको प्रहरी निरीक्षक सुवेदीले बताए । उनले भने, “प्रहरीहरु चौबिसै घण्टा शान्ति सुरक्षाका लागि खटिनुपर्ने हुन्छ, दसैंमा प्रहरी कर्मचारीहरुलाई कार्यालयमै टीका लगाइएको हो ।”