


काठमाडौ, २९ असोज । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को तेस्रो खेलमा घरेलु टिम ओमानविरुद्ध १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गर्यो ।
नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।