माथिल्लो गुणादीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रु घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माथिल्लो गुणादीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रु घाइते

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८२, शुक्रबार

    दमौली, ३१ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-२ माथिल्लो गुणादीमा बिहीबार राति ८ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।

    घाइते हुनेमा जामुने बस्ने ४६ वर्षीय रेशम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    दमौलीबाट थर्पुतर्फ जॉदै गरेको ग १९ प २१२८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाईएको घाईतेको र उनको दाहिने खुट्टामा चोट लागेको छ ।