इप्रका ऑबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी उत्कृष्ट कार्य गरेबापत सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    इप्रका ऑबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी उत्कृष्ट कार्य गरेबापत सम्मानित

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८२, शुक्रबार

    दमौली, ३१ असोज । इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी उत्कृष्ट कार्य गरेबापत गण्डकी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका छन् ।

    ७० औं प्रहरी दिवसको अवसरमा शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले सुवेदीलाई नगद सहित पुरस्कृत गरेको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यले सुवेदीलाई पुरस्कृत गरे ।

    उनको निष्ठा, लगनशीलता र सेवाप्रतिको प्रतिबद्धताले नेपाल प्रहरी संगठनको गौरव अझ उच्च बनाएको जनाइएको छ।