प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने !

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८२, शुक्रबार

    काठमाडौ, ३१ असोज। ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको नेपाली क्रिकेट टोलीका खेलाडीहरुले १९ लाख ५० हजार पाउने भएका छन् ।

    आज आज भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले स्तब्ध पार्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनैपनि प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो । योसँगै च्याम्पियन खेलाडीहरुले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

    राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विकास नियमावलीअनुसार विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए । छनोट प्रतियोगिताको विजेता प्रमुख प्रशिक्षकले भने ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । यसैगरी नेपाल क्रिकेट संघ क्यानले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ ।